Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंको बूढानीलकण्ठमा एक जनाको मृत्यु, लागुऔषधको विषयमा विवाद हुँदा हत्या

काठमाडौंको बूढानीलकण्ठमा एक जनाको मृत्यु, लागुऔषधको विषयमा विवाद हुँदा हत्या


  • 2.7K
    Shares

    काठमाडौंको बूढानीलकण्ठमा एक जनाको मृत्यु, लागुऔषधको विषयमा विवाद हुँदा हत्या
    images

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

    फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए । टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट करिब ३ किलोमिटर पर उनी मृत फेला परेका हुन् ।

    लागु औषधको विषयमा झगडा हुँदा याकु चौधरी र करण पासवान मिलेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई ‘लागु औषध ल्याइदिन्छु’ भनेर मानबहादुरले पैसा लगेका थिए । धेरै दिनसम्म लागु औषध नल्याएको र पैसा पनि फिर्ता नदिएको विषयमा उनीहरुबीच विवाद भएको छ । मृतकको टाउकोमा चोट देखिएको छ । हत्यापछि आरोपीहरु रिह्याव सेन्टरमा गएर लुकेर बसेका थिए ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - ११:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij