२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८, भक्तपुरमा चार र ललितपुरमा आठ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टाको देशभरको औसत संक्रमणदर २.६ प्रतिशत रहेको छ ।
हाल देशभर सात हजार ५८० जना होम आइसोलेसनमा, १९० जना संस्थागत आइसोलेसनमा, ६८ जना आईसीयू र १०६ जना संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij