काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट १२३ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ६ हजार ८७४ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ४ हजार ६७३ र एन्टिजेन परीक्षण २ हजार २०२ भएको छ । २४ घण्टामा ३२१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ छ ।
२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर २.६ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।
