Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चार वर्षपछि शाहरुख खानको कमब्याक फिल्म ‘पठान’ को रिलिज मिति घोषणा

चार वर्षपछि शाहरुख खानको कमब्याक फिल्म ‘पठान’ को रिलिज मिति घोषणा


  • 3.6K
    Shares

    चार वर्षपछि शाहरुख खानको कमब्याक फिल्म ‘पठान’ को रिलिज मिति घोषणा
    images

    मुम्बई । बलिउड बादशाह शाहरुख खानको कमब्याक फिल्म ‘पठान’को ‍रिलिज मिति घोषणा भएको छ । यो शाहरुखको चार वर्षपछि चलचित्रमा कमब्याकको संकेत गर्ने चलचित्र हो ।

    सिद्धार्थ आनन्दको निर्देशन रहेको पठानमा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्रहाम मुख्य भूमिकामा छन् ।  बुधबार निर्माण टिमले तीनै अभिनेताहरूबाट देशको बारेमा भनिएका संवादलाई समेटेर १ मिनेट लामो टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । चलचित्र २०२२ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ । चलचित्र हिन्दी, तमिल र तेलुगु गरि तीन भाषामा रिलिज हुने छ। 

    यस जासुस एक्सन–थ्रिलर चलचित्रमा शाहरुख जासुसको भूमिकामा छन् । शाहरुख अन्तिमपटक आनन्द एल रोयको निर्देशनमा बनेको ‘जिरो’मार्फत ठुलो पर्दामा देखिएका थिए । सन् २०१८ मा रिलिज भएको यो चलचित्रले बक्स अफिसमा निकै खराब प्रदर्शन गरेको थियो । 

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १६:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij