Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द

सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द


  • 3.3K
    Shares

    सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द
    images

    सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् । 

    आर्थिक वर्ष २०७८–७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् ।

    नगर प्रमुखलाई पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक सोनु मगर ढुंगेलले बताइन् । उनले आन्दोलनको बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइन् । 

    त्यस्तै आन्दोलनरत शिक्षिका सरस्वती डाँगीले अन्य जिल्लामा संघीय सरकारको नियम लागू हुने तर इनरुवा नगरपालिकामा नहुनेले घर नजिकको सरकारप्रति विश्वास हराउन थालेको बताइन् । गत साउनदेखि नै पाउनुपर्ने रकम आठ महिना बितिसक्दा पनि नपाउँदा दुःख व्यक्त गरिन् । उनले माग पूरा नभए अझ सशक्त आन्दोलन गर्नेसमेत बताइन् ।

    बिपी मेमोरियल आधारभूत विद्यालयका आन्दोलनरत कर्मचारी महाबुद्ध मियाले स्थानीय सरकारले सानो कर्मचारी भनेर हेपेको आरोप लगाए । उनले अन्य पालिकामा सहजै खर्च सक्ने तर हाम्रो नगरले किन सक्दैन भन्दै प्रश्न गरे । उनले सरकारले नै श्रम शोषण गरेकोसमेत आरोप लगाए । ‘यसअघि नगर प्रमुखसँग पटकपटक वार्ता गर्दा मेयरले दुई हजार थप गरिदिन्छु भन्नुभयो, माथिबाट सात हजार थप हुन्छ भनेको छ, हामीले किन दुई हजारमा मान्ने,” उनले प्रश्न गरे, “यो सरकारले नगरेको अर्को सरकारले गर्छ भनेर कसरी विश्वास गर्नु, जसरी हुन्छ संघीय सरकारले बजेट भाषणमा उल्लेख गरेको १५ हजार सेवा सुविधा पाउनुपर्यो, हाम्रो माग यति हो ।” 

    गत साउनदेखि नै अन्य पालिका, जिल्लामा लागू हुँदा इनरुवामा लागू नहुनुले स्थानीय सरकार नै श्रम शोषण गर्न लागिपरेको आन्दोलनरत पक्षको आरोप छ । पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता भएपछि धर्ना, आन्दोलन हुँदै विद्यालय नै बन्द गर्न बाध्य भएको बताए । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले भने नगर कार्यपालिकाबाट आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने बताए । आम्दानीको स्रोत जुटाउन समस्या भएकै कारण सरकारले तोकेअनुरूप दिन नसकिएको उनको भनाइ छ । इनरुवा नगरपालिकामा बालबालिका केन्द्रमा ८५ जना र विद्यालय कर्मचारी ६५ जना छन् । विद्यालय बन्द गराएपछि ३० वटा विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । (रातोपाटी) 

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १६:१०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij