२०८२ मंसिर ६ गते शनिवार
जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण बिहीबारदेखि सुरु हुने भएको छ ।
मिथिला फाउन्डेसन नेपालको आयोजनामा तीन दिवसीय ‘नबिल बैंक जनकपुर साहित्य महोत्सव २०२२’ हुन लागेको हो ।
मधेस र मधेसको संस्कार, संस्कृतिलाई देशभरि फैलाउने उद्देश्यले महोत्सव हुन लागेको कार्यक्रमकी संयोजक प्रियंका झाले जानकारी दिइन् ।
महोत्सवमा स्थानीय संस्कृति र राजनीतिक विषयमाथि बहस हुने उनको भनाइ छ ।
यस वर्ष महोत्सवमा १२ वटा सत्र समावेश गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij