Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नर्भिक हस्पिटलले फागुन २१ गते बाँझोपन र स्त्री रोगको नि:शुल्क शिविर गर्ने

नर्भिक हस्पिटलले फागुन २१ गते बाँझोपन र स्त्री रोगको नि:शुल्क शिविर गर्ने


  • 3.5K
    Shares

    नर्भिक हस्पिटलले फागुन २१ गते बाँझोपन र स्त्री रोगको नि:शुल्क शिविर गर्ने
    images

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतकाे नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसरमा फागुन २१ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

    बरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबर बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।

    नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने नि:शुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । मिश्रकाे अनुसार शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत रहेकाे छ ।

    शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।

    नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १२:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij