Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

साहित्यकार बीके पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन

साहित्यकार बीके पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन


  • 3.4K
    Shares

    साहित्यकार बीके पाल्पालीको  मङ्गलबार राति ११ः२० बजे  निधन
    images

    काठमाडौँ । साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा। जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाएका छन् । 

    पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आएका थिए । उपन्यास, कथा, कविता, हाइकु, समालोचना क्षेत्रमा कलम चलाउँदै अएका पाल्पालीका विभिन्न विधाका नौवटा कृति प्रकाशित छन् । पाल्पाली ‘नेपाल बोर्डर’ मासिक पत्रिकाका सम्पादक एवं प्रकाशक समेत हुन् ।

    विसं २०३२ असोजमा पाल्पामा जन्मिएका पाल्पालीका जीवनसाथी साहित्यकार रेणुका भट्टराई, एक छोरा एक छोरी छन् ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - ११:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij