Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

एमसीसी अनुमोदन लगत्तै १० जना कर्मचारीका लागि आवेदन माग

एमसीसी अनुमोदन लगत्तै १० जना कर्मचारीका लागि आवेदन माग


  • 2.7K
    Shares

    एमसीसी अनुमोदन लगत्तै १० जना  कर्मचारीका लागि आवेदन माग
    images

    काठमाडौँ । एमसीसी परियोजना कार्यान्वयनको तयारीका लागि मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले कर्मचारी माग गरेको हो। एमसीए-नेपालले कर्मचारी भर्नाका लागि बुधबार सूचना प्रकाशित गरेको छ।

    प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो। सत्तारुढ गठबन्धनका चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले यसको पक्षमा मत जाहेर गरेका थिए।

    यो अनुमोदन भएसँगै बुधबार एमसीए-नेपालले सूचना प्रकाशित गरी कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको छ। यसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफोर्म स्पेसिलिस्ट, असिस्टेन्ट इन्जिनियर, मोनिटोरिङ एन्ड इभ्यालुसन स्पेसिलिस्ट, आउटरिज कम्युनिकेशन असिस्टेन्ट, चालक र कार्यालय सहयोगी गरी १० जना माग गरिएको छ।

    एमसीसी मार्फत आउने पाँच करोड डलर र नेपालले थप्ने गरी ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत प्रसारण लाइन र सडक मर्मतसम्भार गरिनेछ। यो परियोजना कार्यान्वयनमा लग्न अघिको तयारीका लागि कर्मचारी माग गरिएको एमसीए-नेपालले जनाएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १०:५०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij