Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सिन्धुलीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते


  • 3.1K
    Shares

    सिन्धुलीमा मोटरसाइकल दुर्घटना:  एकको मृत्यु, एक गम्भीर घाइते
    images

    काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाँउपालिका–६ भुताहामा सोमबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    मरिणबाट हरिहरपुरगढी तर्फ जाँदै गरेको ना ५१ प ७६१५ नम्बरको मोटरसाइकल पल्टिँदा रौतहटका २५ बर्षीय सविन यादवको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको कपिलाकोट स्थित प्राथमिक स्वास्थय केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    यस्तै, ४२ बर्षीय राकेश यादव गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारको लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १४:१७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij