Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अब टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा

अब टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा


  • 2.6K
    Shares

    अब टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा
    images

    काठमाडौँ । टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिनेछ। अमेरिकी प्रविधि वेभसाइट द भर्जका अनुसार कम्पनीका प्रवक्ताले सोमबार उक्त घोषणा गरेका हुन्। 

    हामीले टिकटक अनुभवलाई समृद्ध बनाउन नयाँ तरिकाहरू परीक्षण गरिरहेका छौं, उनले भनेका छन्, त्यसैसम्बन्धी टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने फिचर उपलब्ध गराउने भएका हौं।

    टिकटक पहिलो पटक सार्वजनिक हुँदा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो। पछि एक मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा दिइयो। गत जुलाईदेखि भने प्रयोगकर्ताले ३ मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्थे। अब भने टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको हो। 

    यो विशेषता समावेश भएसँगै टिकटकमा रचनात्मक भिडिओ अपलोड गर्न प्रयोगकर्ताहरूलाई प्रोत्साहन मिल्नेमा कम्पनी सकारात्मक छ। अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। भिडिओ सेयरिङ एप टिकटकको यही विशेषतालाई पछ्याउँदै सन् २०२०मा इन्स्टाग्रामले रिल्स र युट्युबले सर्ट फिचर सार्वजनिक गरेको थियो। 

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १२:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij