Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

बलेफी हाइड्रोपावरको आईपीओमा साढे १४ लाख बढी कित्ताका लागि आवेदन, कतिले भरे आवेदन ?

बलेफी हाइड्रोपावरको आईपीओमा साढे १४ लाख बढी कित्ताका लागि आवेदन, कतिले भरे आवेदन ?


  • 3.9K
    Shares

    बलेफी हाइड्रोपावरको आईपीओमा साढे १४ लाख बढी कित्ताका लागि आवेदन, कतिले भरे आवेदन ?
    images

    बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा साढे १४ लाख बढी कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा हालसम्म ८ हजार २ सय ९६ जना आवेदकले १४ करोड ५५ लाख ९३ हजार रूपैयाँ बराबरको १४ लाख ५५ हजार ९ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

    कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो । 

    आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर शाखा, महालक्ष्मी विकास बैंक खाडिचौर शाखा र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १२:२१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij