२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । नेपाली श्रमिक फागुनको तेस्रो साता दक्षिण कोरिया जान पाउने भएका छन्। कोभिड संक्रमणका कारण रोकिएका श्रमिक फागुनको तेस्रो साता कोरिया जान पाउने भएका हुन् ।
यही फागुन २३ गते एकैदिन २३६ जना नेपाली श्रमिक कोरिया जाने वैदेशिक रोजगार विभागले जनाएको छ। जसमा यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन्।
यसअघि कात्तिकदेखि सुरु भएको दक्षिण कोरिया उडानमा अधिकांश प्रतिबद्ध श्रमिक कोरिया गएका थिए। ईपीएसमार्फत कोरिया गएर ४ वर्ष १० महिना काम गरेर समयभित्रै फर्केकालाई प्रतिबद्ध श्रमिक भनिन्छ।
ईपीएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब ७ हजार र प्रतिबद्ध श्रमिकतर्फबाट ३ हजार गरी १० हजार श्रमिक कोरिया जान छनोट भएका छन्। यीमध्ये १ हजार ७१ युवा कोरिया प्रवेश गरिसकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij