Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शैक्षिक कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउने मन्त्री पौडेलको लक्ष्य, शिक्षकको उमेरहदबारे यसो भन्छन् शिक्षामन्त्री ?

शैक्षिक कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउने मन्त्री पौडेलको लक्ष्य, शिक्षकको उमेरहदबारे यसो भन्छन् शिक्षामन्त्री ?


  • 22.1K
    Shares

    शैक्षिक कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउने मन्त्री पौडेलको लक्ष्य, शिक्षकको उमेरहदबारे यसो भन्छन् शिक्षामन्त्री ?
    images

    शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका तीन हजार शिक्षकका लागि दरबन्दी सिर्जना गर्न लागिएको जानकारी दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलसँग शुक्रबार भएको छलफलमा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    उनले शिक्षक दरबन्दी थप लगायत सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमुना आवासीय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्सांकनका योजना रहेकाले शिक्षामा बजेटको आकार बढाउन योजना आयोगसँग आग्रह गरेका छन् ।

    ‘शिक्षाको बजेट धेरै तलबमा जान्छ अहिले कोभिडको असर पनि बिस्तारै कम हुँदै गएको छ’, मन्त्री पौडेलले भने, ‘शिक्षालाई जोड दिँदै मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउनपर्‍यो ।’

    मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रका लागि आवश्यक बजेट नभएको भन्दै शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका थिए ।

    ‘शिक्षाको बजेट धेरै तलबमा जान्छ अहिले कोभिडको असर पनि बिस्तारै कम हुँदै गएको छ’, मन्त्री पौडेलले भने, ‘शिक्षालाई जोड दिँदै मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउनपर्‍यो ।’

    उनले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलबभत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकको लागि ‘गोल्डेन ह्यान्सेक’ कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको पनि सुनाए । 

    यस्तै उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्यक्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजको स्तरोन्नति, प्राविधिक धार (९–१२) को शैक्षिक कार्यक्रम ७५३ स्थानीय तहमा पुर्‍याउने लक्ष्य रहेको मन्त्री पौडेलको भनाइ छ ।  (वेबटिभी खबर)

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १६:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij