२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छ्यौट सम्बन्धी छलफल गर्ने भएको छ।
शिक्षा विकास तथा समन्वय इकाई, सर्लाही, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकेट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्वका इकाई प्रमुख (एक) र लेखा हेर्ने जिम्मेवारी पाएका कर्मचारी (एक) गरी दुई जना कर्मचारीलाई कार्यक्रममा सहभागी गराउने जनाइएको छ।
केन्द्रबाट शिक्षा विकास तथा समन्वय इकाई वा अन्तर्गत रहेको फर्छ्यौट हुन बाँकी बेरुजुको सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरी फर्छ्यौट तथा सम्परीक्षण कार्यमा सहजीकरण गराउन सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्ने भएको हो।
सो कार्यक्रममा सहभागी हुने कर्मचारीले बेरुजु फर्छ्यौट तथा सम्परीक्षणका कठिनाईहरु, बेरुजु फर्छयौटका लागि गरिएका प्रयासहरु, केन्द्र, मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र अन्य निकायसँग कार्यालयको अपेक्षा सहितको प्रस्तुति पेस गर्नुपर्ने उपसचिव गेलालद्वारा आज जारी गरिएको सूच्नामा उल्लेख गरिएको छ।
केन्द्रले अन्तरक्रिया कार्यक्रम सञ्चालनका लागि शिक्षा विकास तथा समन्वय इकाई, चितवनलाई तोकेको छ। कार्यक्रम आगामी फागुन २१ गते हुने सूचनामा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij