Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

शेयर बजार ओरालो यात्रामै: अपि पावरसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

शेयर बजार ओरालो यात्रामै: अपि पावरसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?


  • 3.4K
    Shares

    शेयर बजार ओरालो यात्रामै: अपि पावरसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
    images

    साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेप्से १.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको छ । 

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह घटेको छ ।

    सोमबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    आज ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । उक्त डिबेञ्चरको शेयरमूल्य २ प्रतिशतले बढेर एक हजार २० रूपैयाँ पुगेको छ । 

    यस दिन २ वटा हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । 

    यस्तै,अरुण भ्याली, हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेशनल हाईड्रोपावर, नेपाल लाइफ, युनिभर्सल पावर, नेपाल टेलिकम, शिव्म सिमेन्ट्स, अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ ।

    api.jpg

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १५:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij