२०८२ भाद्र ५ गते बिहिवार
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरमा उनी निर्वाचित क्षेत्रमै केही युवाले कालो झण्डा देखाएका छन्।
मधेसी शहीदका सपनासँग खेलवाड गरेको आरोप लगाउँदै केही दिन अघिमात्रै नेकपाको केपी शर्मा ओली समूहमा प्रवेश गरेका युवा मुन्जय राउतले महतोलाई जनकपुरको भानु चोकमा कालो झण्डा देखाई विरोध गरेका हुन् ।
प्रधानमन्त्री ओलीविरुद्ध जनकपुरमा जसपाले आयोजना गरेको विरोध सभामा जाने क्रममा महतोलाई कालो झण्डा देखाइएको हो । कालो झण्डा देखाउने राउत, प्रदीप मुखियासहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij