Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा, ८ सुविधा थप गरी १८ पुर्‍याइयो

मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा, ८ सुविधा थप गरी १८ पुर्‍याइयो


  • 3.5K
    Shares

    मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा, ८ सुविधा थप गरी १८ पुर्‍याइयो
    images

    अब मर्जरमा जाने बीमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेकाे हाे ।

    यसअघि पनि मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीहरूले १० प्रकारका सुविधा पाउने व्यवस्था थियो । उक्त व्यवस्थामा ८ वटा बुँदा थपेर १८ वटा पुर्‍याइएको छ । अहिले थपिएका सुविधामा संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि दुई वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइने, व्यक्तिगत क्रसहोल्डिङको सीमा अवधि वृद्धिलगायत छन् । 

    अब गाभ्ने, गाभिने कार्यपछिको एकीकृत रूपमा बिमांकीय प्रतिवेदन थप्न ६ महिना अतिरिक्त समय प्रदान गर्न सकिनेछ । कुनै बिमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आए सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिने निर्देशिकामा उल्लेख छ । 

    यसैगरी, सञ्चालकको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएको वा प्राप्तिपछि पुनः निर्वाचन नभएसम्मको अवधिका लागि पुरानै सञ्चालक समिति पदमा बहाल रहन पाउने सुविधा पनि थपिएकाे छ । 

    ‘गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बिमकका अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘गाभ्ने, गाभिने कार्य सम्पन्न भएपछि कार्यालय स्थापना र यान्त्रिकीकरण गर्दा भएको खर्चलाई एक वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिनेछ ।’ 

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १३:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij