Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भोलि महाशिवरात्रि, यी क्षेत्रमा सवारी प्रवेश निषेध

भोलि महाशिवरात्रि, यी क्षेत्रमा सवारी प्रवेश निषेध


  • 2.6K
    Shares

    भोलि महाशिवरात्रि, यी क्षेत्रमा सवारी प्रवेश निषेध
    images

    काठमाडौं । भोलि (१७ फागुन) मा महाशिवरात्रिको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले ट्राफिक व्यवस्थापनको प्रवन्ध गरेको छ। महाशाखाले मंगलबार पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापनका लागि आवश्यक योजना बनाएको छ।

    महाशाखाले पशुपति क्षेत्रमा भक्तजनको आवतजावतमा सहजीकरणका लागि कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरेको छ।

    भक्तजनका लागि सिफल,गुह्येश्वरी पारी, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ। भीड व्यवस्थापनका लागि आवश्यकताअनुसार थप डाइभर्सन गर्ने महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १३:३६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij