Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले दिने भयो मासिक ७ हजार, कहिलेदेखि लागू हुने ?

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले दिने भयो मासिक ७ हजार, कहिलेदेखि लागू हुने ?


  • 12.2K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले दिने भयो मासिक ७ हजार, कहिलेदेखि लागू हुने ?
    images

    हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । सङ्घीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट रु सात हजार थपेर आगामी चैत १ गतेबाट उपलब्ध गराउने गरी वृद्धि गरेको हो ।

    सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए । 

    एघार वडा रहेको नगरपालिकामा ८९ सामुदायिक विद्यालय सञ्चालित छन् । उक्त विद्यालयमा ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, ८९ कार्यालय सहयोगी र १२ कर्मचारी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए । 

    सरकारले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई मासिक रु आठ हजार तथा कर्मचारीलाई रु १३ हजार उपलब्ध गराउँदै आएको छ । उक्त तलबमा नगरपालिकाको तर्फबाट तीनवटै तहका कर्मचारीलाई मासिक रु सात हजार थप गरेर उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । 

    सरकारले तोके अनुसारको तलब वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासङ्घ र नेपाल शिक्षक सङ्घ हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले नगरपालिकालाई धन्यवाद दिएका छन् । उक्त दुई सङ्गठनले यसअघि उनीहरूको तलब वृद्धि गर्न माग गर्दै आएको थियो । 

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १२:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij