Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह: निर्वाचन कार्यालय

मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह: निर्वाचन कार्यालय


  • 3.3K
    Shares

    मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह:  निर्वाचन कार्यालय
    images

    कणौली । निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।

    यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

    प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताउनुभयो ।

    “प्रकाशति मतदाता नामावलीमा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारले मृतकका हकमा मृत्यु दर्तासहित सम्बन्धित वडामार्फत प्रमुख नाम दर्ता अधिकारीलाई निवेदन दिनुपर्ने छ”, उहाँले भन्नुभयो, “मौखिकरुपमा कसैले मृत्यु भयो भने वा नागरिकता त्यागेको भन्ने कुरालाई आधार मानिने छैन ।”

    उहाँले प्रकाशित मतदाता नामावलीमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्ने जो कोहीले मतदानमा भाग लिन पाउने जनाउनुभयो । कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुरी दिन, दाबी विरोध गर्न, बसाइँसराइलगायत विभिन्न कारणले नाम फरक परेका मतदातालाई नाम सच्याउन सुझाउनुभएको थियो ।

    विसं २०७४ मा सुर्खेतको मतदाता सङ्ख्या दुई लाख चार हजार ५७७ भई हाल दुई लाख ४० हजार ८०१ हुने अनुमान गरिएको बताउँदै प्रदेश निर्वाचन अधिकारी चालिसेले त्यसका लागि सुर्खेतमा १३८ मतदानस्थल, ०७४ सालमा २६३ मतदान केन्द्र बढेर यो चुनावमा २९२ मतदान केन्द्र हुने बताउनुभयो ।

    कर्णाली प्रदेशका सबै जिल्लाको मतदाता सङ्ख्या, मतदानस्थल र मतदान केन्द्र केही समयपछि उपलब्ध गराइने उहाँको भनाइ थियो ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - ११:१४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij