Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

महाशिवरात्रीको पूर्व सन्ध्यामा बृहत् सरसफाइ कार्यक्रम

महाशिवरात्रीको पूर्व सन्ध्यामा बृहत् सरसफाइ कार्यक्रम


  • 2.7K
    Shares

    महाशिवरात्रीको पूर्व सन्ध्यामा बृहत् सरसफाइ कार्यक्रम
    images

    काठमाडौं । महाशिवरात्रीको पूर्व सन्ध्यामा पशुपति परिसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । आज बिहान मानव धर्म सेवा समितिले बृहत् सरसफाइ कार्यक्रम गरेको हो ।

    समितिका महात्मा, पदाधिकारी, स्वयम् सेवक तथा कार्यकर्ताहरूले पशुपतिको पश्चिम मूल ढोकादेखि पशुपति परिसर हुँदै कैलाश डाँडासम्‍म सरसफाइ गरेका छन् । यही फागुन १७ गते महाशिवरात्री परेको छ । 

    सफाइमा महत्मा लता बाइजी, महात्मा त्रिगुणा बाइजीको उपस्थिति थियो । सय जना बढी उपस्थित स्वयंसेवकले झाडु लगाउनुका साथै फोहोरको व्यवस्थापन गरेका थिए । महाशिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ ।

    साथै समितिले महाशिवरात्रीको अवसरमा भोलि बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले प्रत्येक वर्ष शिवरात्री तथा विभिन्न पर्वको अवसरमा रक्तदान गर्दै आएको छ । महाशिवरात्री कै अवसरमा समितिको केन्द्रीय कार्यालय गौशालामा विशेष सत्सङ्ग समारोह आयोजना गर्दैछ ।

    समितिले विगत पाँच दशक भन्दा लामो समयदेखि सनातन धर्मको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै आएको छ । समितिले आत्मज्ञान प्रचार प्रसारका साथै सामाजिक सेवा र सनातन संस्कृतिको जर्गेनाका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ  । 

    महाभूकम्पको समय, बाढी पहिरो लगायताका अन्य प्राकृतिक प्रकोपको समय पनि संस्थाले सधैँ मानवीय सेवा कार्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - ११:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij