२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित विभिन्न दलहरुले गरेको बन्दको प्रभाव देशका विभिन्न स्थानमा परेको छ । आइतबार संसदबाट एमसीसी पारित भएपति त्यसको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्द गरेका हुन् ।
बन्दको दिन काठमाडौं उपत्यकामा गाडी चलेका छैनन् । बन्दकर्ताहरुले काठमाडौंको चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड गरेका छन् । यस्तै प्रहरीले बन्द गराउदै हिड्ने केहीलाई पक्राउ पनि गरेको छ ।
यस्तै काभ्रेको बनेपामा -नो एमसीसी' लेखिएको एक शंकास्पद वस्तु पनि फेला परेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij