Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बनेपामा शंकास्पद वस्तु फेला: राजमार्ग अवरुद्ध

बनेपामा शंकास्पद वस्तु फेला: राजमार्ग अवरुद्ध


  • 5.7K
    Shares

    बनेपामा शंकास्पद वस्तु  फेला:  राजमार्ग अवरुद्ध
    images

    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा सोमबार शंकास्पद वस्तु फेलापरेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।

    अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शंकास्पद वस्तु फेलापरेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर्सन गरेर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

    सवारीसाधन भक्तपुरबाट नालाको बाटो हुँदै बनेपातर्फ जान–आउन सक्नेछन् ।


    काठमाडौं उपत्यकाको सवारी आवागमन भने सामान्य छ । बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम रहेका कारण सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।

    विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १०:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij