Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आईपीओ निष्कासन गर्दै विद्युत् प्राधिकरण

आईपीओ निष्कासन गर्दै विद्युत् प्राधिकरण


  • 4.6K
    Shares

    आईपीओ निष्कासन गर्दै विद्युत् प्राधिकरण

    पूर्ण सरकारी स्वामित्वमा  रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।

    प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ ।

    ‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’ सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - ०७:३९:३५ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij