Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा दायर

पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा दायर


  • 3.1K
    Shares

    पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा दायर
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।  आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्राेत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो। 

    आयोगले उनीमाथि चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दाबी माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।  श्रेष्ठले सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रीका रूपमा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगको आरोपपत्रमा उल्लेख छ। उनी खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

    आरोपपत्रमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबराबरको सम्पत्ति, घरतर्फ, जग्गातर्फ र बैंक खातासमेत रोक्का राख्न माग गरेको छ। त्यस्तै, आरोपपत्रमा उनकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई समेतलाई प्रतिवादी कायम गरी उनीहरूको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरेको छ।
     

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १६:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij