Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक पाठ्यक्रमका लागि स्वीकृत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक पाठ्यक्रमका लागि स्वीकृत


  • 3.1K
    Shares

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक पाठ्यक्रमका लागि  स्वीकृत
    images

    काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद गठन भएको छ। परिषदका अध्यक्ष एवं शिक्षाध्यक्ष डा बसन्त लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानले आफ्नो उद्देश्यअनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रमका लागि पाठ्यक्रमसमेत स्वीकृत गरेको छ।

    यही शैक्षिक सत्रदेखि विएस्सी नर्सिङ, विएनएस र ब्याचलर अफ फार्मेसी कार्यक्रममा पठनपाठन सूरु गर्न ती कार्यक्रमहरुको लागि पाठ्यक्रम स्वीकृत गरिएको हो। उक्त अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु अघि बढ्न सुरु भएको बताए।

    परिषदको बैठकमा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्राज्ञिक परिषदका सदस्य एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगका अध्यक्ष प्राध्यापक डा केदारप्रसाद बराल र नर्सिङ संकायका डीन प्राध्यापक सरला केसीले प्रतिष्ठानको नयाँ शैक्षिक कार्यक्रम अघि बढाउन आफूहरुले सहयोग गर्ने बचन दिए।

    परिषदबाट कार्यक्रमका लागि स्वीकृत पाठ्यक्रमका साथै शैक्षिक कार्यक्रम सञ्चालनका सन्दर्भमा प्रतिष्ठानले चाल्नुपर्ने आवश्यक कदमको विषयमा सरोकारवालाले महत्वपूर्ण सल्लाह तथा सुझाव दिएका थिए।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १५:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij