Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेप्सेमा ७.७३ अंकको गिरावट: युनिभर्सल पावरसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

नेप्सेमा ७.७३ अंकको गिरावट: युनिभर्सल पावरसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?


  • 3.5K
    Shares

    नेप्सेमा ७.७३ अंकको गिरावट: युनिभर्सल पावरसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
    images

    काठमाडौं ।  दिनभर उताचढाव देखिएको सेयर बजारमा सामान्य गिरावट भएर बन्द भएको छ । गत बिहीबार २ प्रतिशतभन्दा माथिको उच्च गिरावट भएको नेप्सेमा आज पनि उतारचढावबीच ७.७३ अंकको गिरावट भएर २६५३.७० अंकमा बन्द भएको छ ।

    नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत् र अन्य उपसूचक भने वृद्धि भएको छ। कुनै प्रत्यक्ष प्रभाव नपर्ने भएपनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलले निर्णय गर्दा जलविद्युत कम्पनीमा लगानीकार्ताको समारात्मक आकर्षण देखिएको हो।

    त्यसबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकमा समान्य गिरावट हुँदा कारोबार रकम ३ अर्बएमा सिमित भएको छ । आज बजारमा ३ अर्ब २७ करोड ३० लाख ६६ हजारको कारोबार हुँदा युनिभर्सल पावरको सर्वाधिक २० करोड र नेपाल दुरसञ्चार कम्पानीको १९ करोडको कारोबार भएको छ। नेशनल हाइड्रोपावरको १४ करोडको सेयर कारोबार भयो । 

    आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आउँदा ११७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ७० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको  सेयरमूल्य स्थिर रहेको  ।

    आज बजारमा कारोबारमा आएकामध्ये नेशनल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.५३ प्रतिशतले वृद्धि हुँदा सपोर्ट माइक्रोफाइनान्सको ३.९६ प्रतिशत र युनिभर्स पावरको सेयरमूल्य ३.०२ प्रतिशतले वृद्धि भएको छ ।

    यता, हिमालय जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ४.५८ प्रतिशत गिरावट हुँदा तेह्रथुम पावरको ४.०२ प्रतिशत र सामलिङ पावरको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट भएको छ ।

    ytty.jpg

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १५:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij