Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नक्सालमा एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गर्दा एक युवक पक्राउ

नक्सालमा एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गर्दा एक युवक पक्राउ


  • 2.7K
    Shares

    नक्सालमा एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गर्दा एक युवक पक्राउ
    images

    काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एकजनालई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त काठमाडौँको टोलीले नक्साल भगवतीस्थित सगरमाथा इन्स्युरेन्स भवनको भुईँ तलामा रहेको एटिएम फुटाउँदै गरेको अवस्थामा धुलिखेल नगरपालिका ७ घर भएका भई हाल काठमाडौँ बस्ने २१ वर्षे आकाश तामाङलाई पक्राउ गरेको छ ।

    पक्राउ परेका तामाङको साथबाट प्रहरीले एटिएम फुटाउन प्रयोग गरिएका वटा औजारसमेत फेला पारेको छ । उनले एटिएम फुटाउन थालेपछि बैंकको सुरक्षा प्रणालीमा आलम बज्नसाथ बैंकले प्रहरीलाई खबर गरेको थियो ।

    नगद चोरी गर्ने उद्देश्यले एटिएम तोडफोड गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पक्राउ परेका तामाङलाई महानगरी प्रहरी वृत्त मालिगाउँमा राखिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १२:२५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij