Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चालीस भन्दा बढी दल एमसीसीविरुद्ध सडकमा, माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा ठप्प

चालीस भन्दा बढी दल एमसीसीविरुद्ध सडकमा, माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा ठप्प


  • 2.9K
    Shares

    चालीस भन्दा बढी दल एमसीसीविरुद्ध सडकमा, माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा ठप्प
    images

    काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् । 

    विरोधका कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन–मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् । तर माओवादी केन्द्रले भने एमसीसी पास गर्ने निर्णय आज बिहान गरेको छ । 

    संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम अनुसार कोटेश्वरबाट नारावाजी गर्दै संसद भवन रहेको नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने छ । कार्यक्रम कोटेश्वरबाट विहान साढे ११ बजे सुरु हुने नेमकिपाले जनाएको छ । 

    एमसीसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमुलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ । 

    नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौताविरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वर सहित देशभर विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजे माइतिघर मण्डमा भेला नयाँ बानेश्वरसम्म प्रशर्दन गरिन ती दलले जनाएका छन् । 

    नेकपा माले सहित २२ दलिय मोर्चाले पुरानो वानेश्वरमा भेला भई नयाँ बानेश्वर पानिट्यांकीसम्म एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ । शाही शक्ति नेपाल, स्वतन्त्र नागरीक समाज, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टी लगायतका पार्टी तथा अभियन्ताहरूले पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भई प्रदर्शन गर्दै नयाँ बानेश्वर जाने उनीहरुको कार्यक्रम छ ।

    एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले मध्यान्ह १२ बजे बिजुली बजार पुलबाट प्रदर्शन सुरु गर्ने जनाएको छ । राष्ट्रवादी केन्द्र नेपालले मध्यान्ह १२ बजे माइतिघर मण्डमा जम्मा भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर पुग्ने कार्यक्रम राखेको छ । 

    शाही युवा शक्ति नेपालले मध्यान्ह साढे १२ बजे बबरमहलमा जम्मा भई एमसीसी विरुद्ध विरोध नारावाजी गर्दै नयाँ बानेश्वर जाने कार्यक्रम राखेको छ । यस्तै, नेकपा (माओवादी) ले देशभर एमसीसीको विरोधमा बहस तथा अन्तर्क्रिरया कार्यक्रम राखेको छ । 

    यसरी माइतीघरदेखि कोटेश्वरसम्मको सडक भने अवरुद्ध हुँदैछ । ट्राफिक व्यवस्थापनमा चुनौती बढेको छ भने सवारीहरु डाइभर्ट गरिएको छ । सुरक्षाकर्मीको भने बाक्लो उपस्थिति रहेको छ । 

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १०:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij