Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

वडाध्यक्ष नवराजको निधनको शोकमा आज नगरपालिकाभर सार्वजनिक बिदा

वडाध्यक्ष नवराजको निधनको शोकमा आज नगरपालिकाभर सार्वजनिक बिदा


  • 3.3K
    Shares

    वडाध्यक्ष नवराजको निधनको शोकमा आज नगरपालिकाभर सार्वजनिक बिदा
    images

    कर्णाली । गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

    नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।

    यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उहाँ सवार भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।

    उक्त दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    विसं २०४८ मा जन्मिनुभएका उहाँ सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रूपमा परिचित हुनुहुथ्यो ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १०:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij