Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दुई अनलाइन समाचार पोर्टल कालोसूचीमा

दुई अनलाइन समाचार पोर्टल कालोसूचीमा


  • 3.0K
    Shares

    दुई अनलाइन समाचार पोर्टल कालोसूचीमा
    images

    काठमाडौं । प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा राखिएको छ ।

    काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठ वटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चार वटा जनगुनासा फछ्र्योट भएका छन् ।

    यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्योट भएका छन् । त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यसबीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको प्रवक्ता खनालले जानकारी दिए ।

    एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको भनी मौखिम एवम् लिखित गुनासासमेत आएको थियो ।

    काउन्सिलका अनुसार नेपाल आज डट कमले विगत दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटक पटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न छ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन तोडमरोड गरेर पुनःसमाचार बनाइ प्रकाशन गरेको पाइएको छ ।

    उक्त समाचार अनलाइनले गलत र अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवाररूपमा प्रायोजित एवं एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने प्रकारको पत्रकारिताको नयूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको काउन्सिलले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १०:४२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij