Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी काठमाडौंमा सुरु

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी काठमाडौंमा सुरु


  • 3.1K
    Shares

    कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी काठमाडौंमा सुरु
    images

    काठमाडौँ । कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ ।

    ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सुरु हुन लागेको हो ।

    आज (आइतबार)दिउँसो प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

    मङ्गलवार सम्म चल्ने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ । यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएर काठमाडौंमा तय भएको थियो ।

    प्रधानन्यायाधीश जबरामाथि महाभियोग नलागेको भए यो सम्मेलनलाई विरोध कार्यक्रमको रुपमा अघि सार्ने नेपाल बार एसोसिएसनको तयारी थियो ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १०:२९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij