२०८२ मंसिर ६ गते शनिवार
डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिपायल विमानस्थलको स्थरोन्नति कार्य तत्काल सुरु हुने बताएका छन्। उनले डोटी विमानस्थलमा ४२ सिटे जहाज सञ्चालनका लागि स्तरोन्नति गरिने बताएका हुन्।
पर्यटक भित्र्याउनका लागि भए पनि दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरिसकेको उनले बताए।
दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहेकाका मन्त्री आलेले केही महिना पहिले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए।
विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाडै टेण्डर प्रक्रिया गरी काम सुरु हुने उनले बताए।
दिपायलसहित अछाम, बाजुरा, बझाङ, बैतडी तथा दार्चुला विमानस्थलको स्तरोन्नति तथा नयाँ निर्माण हुने डडेलधुरा विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले ती विमानस्थलको काम पनि चाँडै सुरु हुने मन्त्री आलेले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij