२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) उछाल आएको छ । आज नेप्से २३.३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।
नेप्सेका अनुसार बुधबार ४ अर्ब ७९ करोड १० लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
कूल १९४ वटा कम्पनीको एक करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर मात्र घटेको छ ।
बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र शिवम् सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij