Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 4.6K
    Shares

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
    images

    कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१०१० प्र २०७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगंगा-८ का साजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    उपचारका लागि धनगढीको पद्मा अस्पताल ल्याइएका उनलाई सेती प्रादेशिक अस्पताल रिफर गरिएकोमा शुक्रबार राति नै उनको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

    प्रकाशित मिति :फाल्गुण १४ २०७८ शनिवार - १०:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij