Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ गते काठमाडौंमा गर्ने निर्णय

राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ गते काठमाडौंमा गर्ने निर्णय


  • 3.8K
    Shares

    राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ गते काठमाडौंमा  गर्ने निर्णय
    images

    काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशन चैत २५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।  
    शुक्रबार (हिजो) बसेको संघको केन्द्रिय कार्य समितिको बैठकले चैत २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    संघका सचिव हिमालय तिवारीका अनुसार महाधिवेशन सफल बनाउन विभिन्न उपसमिति, विधान समिति तथा मूल आयोजक कमिटिको गठन गरिएको छ । ति समिति तथा उपसमिति महाधिवेशन तयारीमा जुटिसकेको उहाँले बताउनुभयो । 

    बैठकमा एमाले स्वास्थ्य विभाग प्रमुख एवं सचिव योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं स्थायी समिति सदस्य भानुभक्त ढकाल, जनसंगठन समन्वय विभाग उप प्रमुख रचना ढकाल लगायतको सहभागिता थियो । 

    प्रकाशित मिति :फाल्गुण १४ २०७८ शनिवार - १०:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij