Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४  घण्टामा थप २७५ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४  घण्टामा थप २७५ जनामा कोरोना संक्रमण, एकको मृत्यु


  • 2.6K
    Shares

    पछिल्लो २४  घण्टामा थप २७५ जनामा कोरोना संक्रमण,  एकको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४  घण्टामा थप २७५ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गराइएका ८ हजार ६२८ नमूनामध्ये  २७५ जनामा संक्रमण देखिएको हो।

    ५४ सय ५२ नमूनाको पीसीआर र ३१ सय ७६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा १५८ नमूनाको पीसीआरबाट र ११७ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ।

    मन्त्रालयका अनुसार शुक्रबार ५५५ जना कोरोनामुक्त भएका छन्। हाल ९ हजार २८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यस्तै, पछिल्लो २४ घन्टामा १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    ९२ जनाको आइसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १५:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij