Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

सानिमा बैंकले ल्यायो यस्तो अफर: तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक

सानिमा बैंकले ल्यायो यस्तो अफर: तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक


  • 3.8K
    Shares

    सानिमा बैंकले ल्यायो यस्तो अफर: तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक
    images

    सानिमा बैंकका ग्राहकले नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने भएका छन् । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत् क्यूआर कोडबाट भुक्तानी सेवा संचालनमा ल्याएको छ । 

    यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्तसम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५ सय रुपैयाँसम्मको क्यास ब्याक पाउने बैंकले जनाएको छ । क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।

    ग्राहकले प्लेस्टोर तथा एपस्टोरबाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार गर्न सक्नेछन् । बैंकका देशभर सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम संचालनमा छन् ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १३:१२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij