Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त


  • 3.8K
    Shares

    आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त
    images

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध विभिन्न राजनीतिक दलहरुले आज पनि प्रदर्शन गर्ने भएका छन् । विवादका बीच प्रतिनिधिसभामा टेबल भएको एमसीसी प्रस्तावमाथि आज दिउँसको संसद बैठकमा छलफल हुने भएपछि ३४ राजनीतिक दलले प्रदर्शन गर्न लागेका हुन् ।

    सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु पनि एमसीसी खारेजीको माग गर्दै आन्दोलनमा छन् । संसदमा रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले सडक संघर्ष तीब्र पारेका छन् ।

    त्यस्तै, नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टीसहितको ६ दलीय मोर्चा, नेकपा माले, एमसीसी खारेज अभियानलगायत २२ राजनितीक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपालले अलग–अलग र संयुक्त आन्दोलन गर्दै आएका छन् ।

    आज पनि यी सबै दल, संगठन र अभियानले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले बानेश्वरस्थित संसद भवनलाई तीनतिरबाट घेर्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १२:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij