Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


  • 2.9K
    Shares

    चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    चेकपोष्टबाट चन्द्रागिरि जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोक्किएको थियो । 

    दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - ११:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij