२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं। चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) अन्तरगतका विभिन्न शिक्षण संस्थाहरुलाई स्तरोन्नतिका लागि सहमति प्रदान गरेको छ।
आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा प्रिडिप्लोमा तहका कार्यक्रम संचालन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिका लागि पेस भएका निवेदनहरु माथि मादण्ड पुरा गरेको आधारमा स्तरोन्नतिका लागि सहमति प्रदान गरेको हो।
स्तरोन्नतिको सहमति प्राप्त गरेका शिक्षण संस्थामा तोकिएको मापदण्डका आधारमा सिट निर्धारण गरिने आयोगका उपसचिव सेमन्तराज कोइरालाले जानकार दिए।
सिएमए, ल्याब असिस्टेन्ट, अनमी, आयुर्वेद लगायतका विषय अध्यापन गराउने कलेजको स्तरोन्नतिका लागि सहमति पाएका हुन्।
हेर्नुहोस् सहमति पाएका शिक्षण संस्थाहरु :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij