Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु


  • 3.5K
    Shares

    पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो ।

    ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्‍ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।

     

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १६:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij