२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज फागुन १२ गते लाजिम्पाट, काठमाडौं स्थित निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा अपरान्ह ३ बजे सम्पन्न भएको हो।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २५ लाख ८३ हजार २ सय ६१ जना आवेदक मध्ये योग्य आवेदक २५ लाख ७९ हजार ४ सय २ जनाले आवेदन दिएकोमा २४ लाख ९९ हजार ९ सय ५२ जना आवेदकको हात खाली हुने भएको छ।
बाँकी आवेदकमा ७९ हजार ४ सय ५० जना आवेदकले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन्। राष्ट्र उत्थान लघुवित्तको आइपिओमा २ करोड ९३ लाख ९७ हजार ६ सय ८० कित्ताको लागि कुल २ अर्ब ९३ करोड ९७ लाख ६८ हजार बराबरको आवेदन परेको थियो।
लघुवित्तको जारी पूंजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने रु।८ करोड ५० लाखको प्रति शेयर १०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ४२ हजार ५ सय कित्ता अर्थात ५५ शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा १३ हजार कित्ता अर्थात जारी पूंजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।
कसरी हेर्ने रिजल्ट ?
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने सीडीएसीले जनाएको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np/ नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट हेर्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij