२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा आफ्नै घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान् बेहोस अवस्थामा भेटिएका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार बिहीबार बिहान २९ वर्षीया सहारा गुरूङ मृत फेला परेकी हुन्।
उनका श्रीमान् ३६ वर्षीय प्रकाश पौडेल भने बेहोस अवस्थामा फेला परेको महाशाखाले जनाएको छ। सहाराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने प्रकाशको उपचार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij