२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल र परिचर) लाई आगामी नयाँ आर्थिक वर्षदेखि संघीय सरकारले नै तलब दिनुपर्ने नेपाल शिक्षक महासंघको मागमा सहमति जनाएका छन् ।
शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिको बुँदा नंं.१४ मा आगामी आर्थिक वर्षबाट संघीय सरकारले नै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिने उल्लेख छ । सो बुँदामा भनिएको छ, ‘आगामी आर्थिक वर्षबाट बालविकास शिक्षक तथा कर्मचारीको तलबभत्ता संघीय सरकारले नै दिने व्यवस्था मिलाउने ।’
ढिलै भएपनि मन्त्रालयको यो निर्णयलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीले स्वागत गरेका छन् । मन्त्रालयले ढिलै भएपनि इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij