Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नेसनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेसनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 3.3K
    Shares

    नेसनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (विहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (शुक्रबार) बुकक्लोज गर्दैछ। यसअर्थ आजसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले मात्र कम्पनीले दिने लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

    कम्पनीको २५ औँ वार्षिक साधारणसभा फागुन ३० गते, सोमबार भर्चुअल रुपमा नयाँ बानेश्वरमा काठमाडौंमा हुँदैछ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजी १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस सेयर रहेको छ भने ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    यसका साथै सभाले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १० बराबर ५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०० बराबर २५ को शेयर स्वाप रेशियोमा प्राप्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - ११:२३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij