Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट


  • 3.6K
    Shares

    बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट
    images

    रुस र युक्रेनबीचको तनावका कारण इन्धनको मुल्य बढेको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेसँगै तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको हो ।

    राष्ट्रपति  भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैनिक कारबाही घोषणा गरेसँगै तेलको मूल्य विगत सात वर्षको तुलनामा पहिलो पटक १०० डलरभन्दा माथि पुगेको बीबीसीमा समाचार छ । 

    रुस र युक्रेनबीचको तनावको समाचारले एसियाली शेयर बजारमा समेत प्रभाव पारेको छ । बीबीसीको समाचार अनुसार, एसियाली शेयर बजार २ देखि ३ प्रतिसत सम्म घटेको छ । लगानीकर्ताहरु असुरक्षित महसुस गर्न थालेका छन् ।

    सुनको भाउ समेत एक वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर र जापानी यान बलियो बन्दै गएको समेत समाचारमा बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - ११:०८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij