२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध उजुरी दिने गायिकालाई केही व्यक्तिले उकासेको बताएका छन् । केही अडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको पलले आरोप लगाएका छन् ।
समीक्षाले केही दिन अगाडि सार्वजनिक गरेको अडियोमा लगाइएको आरोपमा सत्यता नरहेको पनि उनले दाबी गरेका छन् । “जुन आरोप ममाथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ,” उनले लेखेका छन्, “उक्त अडियो क्लिपमा भनिएअनुसार सुतिराुको अवस्थामा सिरक ओडायो अनि जबर्जस्ती गर्न खोज्यो भनिएको कुरामा सत्यता छैन ।”
अडियो सार्वजनिक गर्दै पलले सबै अडियो क्लिप सुनेर के ठीक र के बेठिक छुट्याउन आग्रह गरेका छन् ।
आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij