Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 4.4K
    Shares

    नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    images

     काठमाडौं । नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । 

    कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    उक्त प्रस्ताव पारित गर्न कम्पनीले काठमाडौं नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

    सभाले लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

    कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सात जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १०:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij